एसईईको नतिजा सार्वजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक  गरेको छ । यस वर्षको परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी भएका थिए ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परीक्षर्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

परीक्षा नियन्त्रण कार्यालयले  प्रकाशित   गरेको नतिजा   मोबाइल, ल्यान्डलाइन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गरेर नजिता थाहा पाउन सकिनेछ।

त्यस्तै, मेसेज पठाएर पनि एसइईको नजिता थाहा पाउन सकिने छ। यसका लागि सिम्बोल नम्बर टाइप गरेर १६०० मा मेसेज गर्न सकिनेछ। नेपाल टेलिकमले सन्देश पठाउने वित्तिकै पास वा फेल भएको जानकारी दिनेछ।

त्यस्तै,वेबसाइट www.see.ntc.net.np, http://see.gov.np , http://www.neb.gov.np/results बाट पनि नतिजा हेर्न सकिनेछ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री