बलेको सुपरफास्ट माया सार्वजनिक (भिडियाे)

काठमाडौं । चर्चित गायक शिव परियार र मेलिना राईको स्वरमा रहेको गीत ‘फिलिलिली’ सार्वजनिक भएको छ। संगीतकार बादल घिमिरेको युटुब च्यानलबाट गीत सार्वजनिक भएको हो।

हास्य टेलिशृंखला भद्रगोलका ‘बले’ अर्थात सागर लम्साल र सिर्जना घिमिरेको उत्कृष्ट अभिनयले गीतको भिडियो निकै आकर्षक बनेको छ। भिडियोमा सागर (बले) को फरक रुप देख्न पाइन्छ।

दर्शकलाई हँसाउन माहिर सागर गीतमा रोमान्टिक रुपमा प्रस्तुत भएका छन्। उनकै जोडीको रुपमा सिर्जना घिमिरेको अभिनय पनि प्रशंसालायक छ। गीतको रचना सिर्जना घिमिरेले गरेकी हुन् । संगीतसंयोजन बादल घिमिरेले गरेका हुन्।

हेर्नुहोस् भिडियो…

तपाईंको प्रतिकृया

लेखकबाट थप