कोराला नाकामा आजदेखि व्यापार मेला

पोखरा । मुस्ताङ र चीनको सीमानामा रहेको कोरला नाकामा (सिमानाबाट ५ किलोमिटर चीनतर्फ) अन्तरदेशीय व्यापार मेला शनिबार सुरु हुँदैछ। चीनतर्फ भएको मेलामा दुई देशका व्यापारीहरू आफ्नो देशमा उत्पादन हुने वस्तु बिक्री गर्छन्। मेलाका लागि दुवैतर्फ सुरक्षा मजबुत बनाइएको इलाका प्रहरी कार्यालय लोमान्थाङका प्रमुख मुरारी निरौलाले जानकारी दिए ।

‘मेला चीनको भूमिमा हुन्छ । मेलामा जान चिनियाँ प्रशासनले नेपालीहरुलाई अनिवार्य कार्डको व्यवस्था गरिएको छ,’ उनले भने, ‘मेलामा नेपालीहरुले स्थानीय खाद्यान्न, पस्मिनाका सामान बिक्री गर्छन्। उताबाट विद्युतिय उपकरण, लुगाफाटा, खाद्यान्न, निर्माणका विभिन्न सामग्री बिक्रीका लागि राख्छन्।’

१० दिन चल्ने मेलामा चिनियाँ प्रशासनले नेपाली प्रशासनलाई दलाई लामाको तस्विर भएको लकेट, पोस्टर भएको कुनै पनि सामग्री ल्याउन नपाउने र ल्याए नाका प्रवेश गर्न नपाउने बताएको छ। दैनिक उपभोग्य सामान खरिद गर्न दुवै देशका नागरिकलाई सहज होस् भनेर केही वर्षयता यस्तो मेला लाग्ने गरेको छ।

विगतमा दुवै देशमा हुने यस्तो मेला चिनियाँ पक्षले सुरक्षाको कारण देखाई आफ्नो भूगोलमा मात्रै मेला आयोजना गर्ने गरेको छ।  वर्षमा दुई पटक असार लागेसँगै र भदौमा हुने अन्तरदेशीय मेलामा कारोबार नेपाली मुद्रामै पनि हुनेछ। भदौमा हुने मेलामा भने नेपालीहरूले धेरै संख्यामा चिनियाँ च्याङ्ग्रा खरिद गर्छन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला १ लाख …

प्रतिकृया दिनुहॊस