पाँचथरमा युवतीको विभत्स हत्या

पाँचथर ।  एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारीलो हतियार प्रहार गरी हत्या भएको छ। मंगलबार दिउँसो हिलिहाङ गाउँपालिका ६ रातमाटेमा २० वर्षीया युवती सुजाता तामाङको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको हो।

सुजाता तामाङ तस्बिर उनको फेसबुकबाट

माइक्रोफाइनान्सको ब्याज उठाउन गाउँ पुगेर फर्किदै गर्दा उनको हत्या भएको आशंका प्रहरीले गरेको छ। बाटोमा छाता, लेडिज ब्याग र भिरमा विभत्स अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

युवतीको  साथमा भएको नगद रु ७८ हजार ५ सय रुपैँया हत्यामा हत्यामा संलग्नहरुले लगेको खुल्न आएको छ ।

युवतीको हत्या लुटपाटकै लागी गरिएको हो कि  वा अन्य  कारण  हो अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । युवतीको  स्थायी  ठेगाना इलामको माइजोगमाई गाँउपालिका रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

ग्वार्कोमा गाडीले ठक्कर दिँदा बाइकमा सवार युवकको मृत्यु

काठमाडौं । ललितपुरको ग्वार्कोमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । बुधबार …

प्रतिकृया दिनुहॊस