अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने

काठमाडौं । अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने सम्भावना रहेको  मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार

बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अबको  एक-दुई दिनमा  नेपालमा मनसुन भित्रिने जनाएका छन् ।  सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।त्यस्तै गरी,  देशभर आज वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री