अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने

काठमाडौं । अबको एक-दुई दिनमा मनसुन नेपाल भित्रिने सम्भावना रहेको  मौसमविद्ले जनाएका छन् । मौसमविद्का अनुसार

बंगलादेश र भुटानसम्म मनसुन आइसकेको र अबको  एक-दुई दिनमा  नेपालमा मनसुन भित्रिने जनाएका छन् ।  सामान्यतया जुन १० तारिखमा मनसुन नेपाल भित्रिन्छ। यस हिसाबले यस वर्ष मनसुन प्रवेशमा केही ढिलाइ भएको छ।त्यस्तै गरी,  देशभर आज वर्षा हुने सम्भावना रहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखा अनुसार आजदिनभरीमा देशका धेरै जसो स्थानमा वर्षा हुनेछ । आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको छ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस