हातखुट्टा बाँधेर नदीमा पसेका भारतीय जादुगर बेपत्ता

भारतका एक प्रख्यात जादुगर हातखुट्टा बाँधेर जादु देखाउन नदीमा छिरेपछि बेपत्ता भएका छन्। उनको मृत्यु भएको आशङ्का गरिएको छ।

पश्चिम बङ्गालको कोलकातास्थित हूग्ली नदीमा छिरेका चञ्चल लाहिरी सुरक्षित रूपमा बाहिर आउने अपेक्षा गरिएता  पनि  उनी पानीभित्रै हराएका थिए। मानिसहरू उनी पानीमा छिरेको हेर्न जम्मा भएका थिए। तर पछि ती जादुगर बाहिर ननिस्किएपछि उनीहरूले प्रहरीलाई खबर गरे।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ। छवटा ताला लगाइएको साङ्लोले उनको खुट्टा बाँधिएको थियो।

उनलाई एउटा डुङ्गाबाट पानीमा ओरालिएको थियो। नदीमा दुईवटा डुङ्गामा बसेर तथा माथि पुल र नदी किनारमा भेला भएर मानिसहरूले त्यो रमिता हेरेका थिए।

बी. बी .सी. बाट साभार

बारेमा news

यॊ पनि हेर्नुहॊस

इलाममा चुनाव जित्न सकिएन, सिक्न सकियो : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले इलाम २ को उपनिर्वाचनमा भएको पराजय सहर्ष …

प्रतिकृया दिनुहॊस