जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौँ । ललितपुर महानगरपालिका .२९ हरिसिद्धीस्थित शिवशक्ति इँटाभट्टामा बस्ने मकवानपुरकी ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही इँटाभट्टामा काम गरी बस्ने उदयपुर गाईघाट ६ घर भएका २६ वर्षीय दिलिप कार्कीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

बालिका खेलिरहेको अवस्थामा इँटाभट्टाभित्रको छाप्रोमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग हरिसिद्धीबाट खटिएको प्रहरीले कार्कीलाई पक्राउ गरेको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री