सिन्धुपाल्चोकमा झाडापखलाबाट ५० बिरामी

मेलम्ची ।   सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–५ स्थित विन्जेलमा झाडापखलाबाट ५० बिरामी भएका छन् । विरामीको खाडिचौरस्थित सिन्धु सदाबहार अस्पताल र स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।  स्थानीय एक घरको   बिहेको भोज खाएपछि यो महामारी देखा परेको हो । विषाक्त खाना भएका कारण झाडापखलाको प्रकोप फैलिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । दूषित पानीका कारण महामारी फैलिएको हुनेसक्ने स्थानीय मेडिकलका सञ्चालक रेशम कार्कीले बताएका छन् ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री