युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको १० लाख रकम हस्तान्तरण

काठमाडौँ ।  युनियन लाइफ इन्स्योरेन्स दमौली शाखाले बीमितको मृत्यु पछी कम्पनीको सम्झौता अनुरुपको मृत्यु दाबी भुक्तानी गरेको छ । युनियन लाइफ इन्स्योरेन्स  दमौलीमा गत पुस महिनामा ५ लाखको वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना अन्तर्गत बीमा गराएका ब्यास १० का रमेश शर्माको परिवारलाई कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले ५/५ लाख बीमाङ्क दावी रकम र दुर्घटना मृत्यु दावी रकम गरी कुल १० लाख रुपैयाँ बीमित शार्माको आमा हरिमायाँ शर्मा उपाध्यायलाई प्रदान गरेको युनियन लाईफ इन्स्योरेन्स दमौली शाखाका प्रमुख राजकुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा वोल्दै शाखा प्रमुख श्रेष्ठले अहिले हरेक क्षेत्र जोखिमयुक्त रहको कारण बीमा आवश्यक भएको बताए । बीमित शर्मा सवार स्कुटरलाई पर्यटक माईक्रोले गत वैशाख १० गते दमौलीको वागवजारमा ठक्कर दिँदा उनको उपचारको क्रममा ज्यान गएको थियो ।

कंम्पनीका ऐजेन्सी म्यानेजरहरु समुन्द्र पौडेल, शिखरलाल डोटेल, मनोज राउत, शान्तराम न्यौपाने,सन्तोष श्रेष्ठ सहितको टोलीले शर्माको खहरे स्थित घरमा नै पुगेर मृत्यु दाबी रकम भुक्तानी गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री