कर्मचारीको आन्दोलनले तल्लो मोदीको काम ठप्प, स्थायी गर्न माग

पर्वत । निर्माण कार्यमा संलग्न कामदार र कर्मचारीहरूले स्वतः स्थायी हुनुपर्ने माग गर्दै पर्वतमा निर्माणाधीन तल्लो मोदी जलविद्युत आयोजनाको काम ठप्प पारेका छन्।   उनीहरूले कुस्मा नगरपालिका–७ मा रहेको आयोजनाको कार्यालयमा तालाबन्दी गर्नुको साथै विद्युतगृह, हेडर्बक्स र सुरुङमा भइरहेको काम पनि ठप्प पारेका हुन्। २० मेगावाट क्षमताको आयोजनाले असार पहिलो साता परीक्षण उत्पादन थाल्ने तयारी गरेको थियो।

निजी क्षेत्रको मोदी इनर्जी लिमिटेडले निर्माण गरिरहेको आयोजनामा कार्यरत कामदार र कर्मचारीहरूले स्वतः स्थायी गर्नुपर्ने मागसहित प्रभावित क्षेत्रका बासिन्दालाई नै स्थायी रोजगारीको व्यवस्था हुनुपर्ने तथा विद्युतगृह लगायतका संरचना निर्माणमा पछिल्लो समय राखिएका कर्मचारी र कामदारलाई स्थायी गर्न नपाउने माग राखेका छन्। आयोजनामा कार्यरत ४० जना कर्मचारीहरूले जेठ २० देखि काम बन्द गरेपछि निर्माण कार्य प्रभावित भएको छ। आयोजनामा सुरु भएदेखि नै काम गरिरहेका कर्मचारीहरूलाई थाहा नै नगरी बाहिरबाट अन्य कर्मचारी थप गरिएकोमा पनि विरोध गरिरहेका छनन्।

उनीहरूले आपूmहरुलाई स्थायी गर्ने भनी पटक पटक सम्झौता भए पनि कार्यान्वयनमा बेवास्ता गरेको दाबी गरेका छन्।  कर्मचारीहरुले यसअघि जेठको ८ देखि १२ सम्म पनि तालाबन्दी र काम ठप्प पारेका थिए। काम ठप्प भएपछि जेठ २० मा सहमति भएपछि काम सुरु गरे पनि फेरि बेवास्ता गरिएकाले आन्दोलन गर्नुपरेको कर्मचारी रमेश भण्डारीले बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

काठमाडौंका मुख्य ठाउँमा ४ दिन विद्युत् अवरुद्ध हुने (सूचनासहित)

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने काम धमाधम …

प्रतिकृया दिनुहॊस

This will auto close after