काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चौथो योजनाको रुपमा जीवन हेरचाह बिमा जेष्ठ २६ गते आईतबारबाट सर्वसाधारणमा विक्रिको लागि ल्याउने भएको छ ।
एउटै बिमा योजनामा टर्म इन्स्योरेन्स, एन्यूटी (पेन्सन) इन्स्योरेन्स र इण्डोमेन्ट इन्स्योरेन्सको समिश्रण रहेको यो योजना नेपालको बिमा बजारमा नौलो प्रस्तुति रहेको छ ।
केटाकेटी र संतानको सुरक्षित भविश्यलाई लक्षित गरी ल्याइएको यो बिमा योजनामा प्रस्तावक (अभिभावक) को मृत्यु भएमा इच्छाईएको व्यक्तिलाई विमाङ्क रकम एकमुष्ट तुरुन्त भुक्तानी गरिने कम्पनीले जनाएको छ ।
विमाङ्क रकम भुक्तानी पछि पनि बिमाले निरन्तरता पाउँदै अवधि समाप्ती नभएसम्म प्रत्येक तीन तीन महिनामा विमाङ्क रकमको २.५ प्रतिशत बाँकी जीवन निर्वाह भत्ता (पेन्सन) को रुपमा पाईरहने, बाँकी अवधिको लागि बिमा शुल्क तिर्नु नपर्ने र भुक्तानी अवधि समाप्ती पछि पुनः विमाङ्क रकम र आर्जित वोनस एकमुष्ट भुक्तानी पाउने व्यवस्था गरीएको छ ।
साथै प्रस्तावक दुर्घटनामा स्थायी अपांग वा असक्त भएमा बाँकी अवधिको बिमा शुल्क छुट हुने र १२ वर्ष सम्म त्रैमासिक रुपमा विमाङ्क रकमको २.५ प्रतिशत जीवन निर्वाह भत्ता उपलब्ध हुने व्यवस्था समेत छ ।
नेपालको बिमा बजारमा केटाकेटी बिमामा बच्चाको मृत्युपछि बिमा योजना रद्द हुने व्यवस्था रहेको छ । तर महालक्ष्मी लाईफले ल्याएको योजनामा इच्छाइएको वा बच्चाको मृत्युपछि पनि बिमाले निरन्तरता पाईरहने र सो बिमा परिवारको इच्छाईएको व्यक्ति वा दोस्रो सन्तानमा हक हस्तान्तरण हुने एकदमै नौलो व्यवस्था गरीएको छ ।
साथै प्रस्तावक जिवितै रहेको अवस्थामा भुक्तानी अवधि समाप्ती पछि विमाङ्क र आर्जीत वोनस एकमुष्ट पाउने व्यवस्था रहेको छ ।
प्रतिकृया दिनुहॊस