काठमाडौं । कुमारी बैंक लिमिटेडले वातावरण संरक्षण गर्ने उद्देश्यले विश्व वातावरण दिवस २०७६ को अवसर पारेर मन्दिर तथा स्थानीय परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले आफ्नो केन्द्रिय कार्यालय टंगाल परिसरस्थित छाता गणेश मन्दिर, नक्शाल भगवती मन्दिर, बसन्तपुरस्थित कुमारी घरपरिसर एवं बैंकका देशव्यापी शाखाहरुबाट विभिन्न सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गर्यो ।
उक्त कार्यक्रममा बैंकका कर्मचारी लगायत बैंकका उच्च अधिकारीहरुको सहभागिता रहेको थियो । बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो ।
यस वर्षको विश्व वातावरण दिवसको अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केन्द्रिय तथा शाखा कार्यालयहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।




