हावाहुरीले अर्घाखाँचीमा दर्जनौं घरमा क्षति, विद्युत र टेलिफोन अवरुद्ध

अर्घाखाँची । हावाहुरीका कारण अर्घाखाँचीमा दुई दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । आइतबार राति आएको हावाहुरीले जिल्लाका ६ वटै स्थानीय तहका दुई दर्जनभन्दा बढी घरमा क्षति पु¥याएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ। हावाहुरीले छत्रदेव गाउँपालिकामा मात्र एक दर्जनभन्दा बढी घरको छानो उडाएको छ।

सोमबार बिहानैदेखि क्षति पुगेको ठाउँमा प्रहरीको टोली खटिएको छ।  घटनाको पूरा विवरण आउन बाँकी रहेको छ। हावाहुरीले अधिकांश घरको छानो उडाएको जनाइएको छ।  यस्तै, हावाहुरीले पोल ढलेकाले विद्युत सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा पनि अवरुद्ध भएकाले क्षतिबारे थप जानकारी दिन समस्या भैरहेको प्रहरीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

महिला नेतृत्वको कुरा संविधानमा मात्र सीमित रह्यो : सञ्चारमन्त्री गुरुङ (भिडिओ)

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले महिला नेतृत्व विकासका लागि संविधानले …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds