एनआईसी एशिया बैंकको शाखारहित बैंकिङ्ग सेवा कावासोतीमा

काठमाडौं । एन आई सी एशिया बैंकले नवलपरासीको कावासोती नगरपालिका ६ विष्णुनगरमा २९औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याइएको छ ।

कावासोती नगरपालिका उप–मेयर  प्रेम शंकर मर्दानियाले बैंकले संचालनमा ल्याएको शाखारहित बैंकिङ सेवाको उद्घाटन गरेका छन् ।

बैंकले उक्त शाखारहित बैंकिङ सेवाका प्रतिनिधिको रुपमा घ्याब्रे इन्टरप्राईजेज (प्रोप्राइटर विकाश गुरुङ) लाई नियुक्त गरेको छ ।

बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ ।

शाखारहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीयबासीले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत् बैंकिङ सेवा लिन सक्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds