अर्वपती विनोध चौधरी काँग्रेसको समानुपातिक सूचीमा

काठमाडौं। नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा अर्वपती विनोद चौधरी समावेश गरिएका छन्। नेपाली काँग्रेसले आइतवार संसोधन सहित बुझाएको सूचीमा चौधरीको नाम रहेको छ।  चौधरी ग्रूप अफ इन्डस्ट्रीजका मालिक तथा विश्वका धनि समुहमा नेपालका एक मात्र सूचीकृत चौधरी काँग्रेसको कोटाबाट समानुपातिकमा परेका छन् ।

पहिलो संविधान सभाको चुनावमा एमालेको कोटाबाट संविधानसभामा गएका चौधरी एमाले पार्टीबाट सभासद भएका थिए। तर  पछिल्लो समयमा भने   नेपालमा वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धन बनेपछि उनी लोकतान्त्रिक गठवन्धनसँग नजिक भएका थिए। नेपाली काँग्रेसका संसदीय वोर्डका एक सदस्यले चौधरी समानुपातिकमा काँग्रेसबाट सिफारिस भएको पुष्टि गरेका छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आजबाट खुले सरकारी कार्यालय

काठमाडौं । तिहार पर्वको बिदापछि आजदेखि सरकारी कार्यालय खुलेको छन् । तिहारको बिदा भाईटिकाको भोलिपल्टसम्म …

प्रतिकृया दिनुहॊस