दाङ । दाङको गोग्लीस्थित सगरमाथा सिमेन्ट उद्योगले समुदायमा रू.३० लाख २० हजार सहयोग गरेको छ । उद्योगले आसपास क्षेत्रका समुदायका लागि सहयोग गरेको उद्योगका जनसम्पर्क अधिकृत अमर सुवेदीले बताएका छन् ।
सो अन्तर्गत उद्योगले लक्ष्मीपुर स्वास्थ्य चौकीका लागि रू. २ लाख ७० हजार, सुनपुर पारखेत कुलो निर्माणका लागि रू. ३ लाख र डाँडागाउँ गोग्ली–वञ्जाडी कुलो सिँचाइ योजनाका लागि रू. १ लाख सहयोग गरेको हो । त्यस्तै, गोग्ली तल्लो बाटो निर्माणका लागि रू. १ लाख ५० हजार र स्यालापानी कल्भर्ट निर्माणका लागि रू. ४ लाख रुपैयाँ सहयोग गरेको अधिकृत सुवेदीले जानकारी दिएका छन् ।
साथै, उद्योगले सुनपुर खानेपानीलाई रू. २ लाख ५० हजार, गोग्ली शिव मन्दिर निर्माणका लागि रू. ३ लाख ५० हजार, झुम्केटारी भकारे बाटो निर्माणमा रू.४ लाख, लक्ष्मीपुर देवी मन्दिर निर्माणमा रू.१ लाख ५० हजार, शान्तिनगर बाटो निर्माणमा रू.२ लाख ५० हजार, गोग्ली थुम्का बाटोका लागि रू. २ लाख ५० हजार र रात्री प्रावि बेलुकालाई रू. १ लाख ५० हजार सहयोग गरेको हो ।
उद्योगले प्रावि सुनपुरलाई ८० बोरा सिमेन्ट र प्रावि पलासेलाई २५ बोरा सिमेन्ट पनि उपलब्ध गराएको छ । उद्योगले उक्त एकमुष्ट रकम घोराही उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष भीमबहादुर सार्कीलाई हस्तान्तरण गरेको छ ।




