अल्भारो मोराटाको चाहना एथ्लेटिको मड्रिडमै रहने

काठमाडाैँ । चेल्सीका स्ट्राइकर अल्भारो मोराटाले आफ्नो खेल जीवनको बाँकी सबै समय स्पेनिस क्लब एथ्लेटिको मड्रिडमै बिताउन चाहेको बताएका छन् ।

२६ वर्षका मोराटा गएको जनवरीदेखि १८ महिने लोनमा चेल्सीबाट एथ्लेटिको मड्रिडमा छन् । उनले स्पेनिस क्लबका लागि अहिलेसम्म १७ खेलमा ६ गोल गरेका छन् ।

सन् २०१७ को जुलाईमा चेल्सीले उनलाई क्लबको कीर्तिमानी मूल्य ६० मिलियन पाउण्डमा रियल मड्रिडबाट अनुबन्धित गरेको थियो । उनले चेल्सीका लागि ७२ खेलमा २४ गोल गरे ।

मोराटाले स्पेनिस पत्रिका मार्कासँग भने, ‘म स्पष्ट छु कि म यहि क्लबमा रहन चाहन्छु । यहाँ खुशी छु । व्यवसायिक खेलाडीका रुपमा बाँकी रहेको मेरो सबै समय यहिँ बिताउन चाहन्छु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप