प्रिमियर लिगमा बढुवा भयो एस्टन भिल्ला

काठमाडाैँ । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले–अफ फाइनलमा डर्बी काउन्नटीलाई पराजित गर्दै एस्टन भिल्लाले बढुवा पक्का गरेको हो ।

सोमबार राति भएको प्ले–अफमा एस्टन भिल्लाले डर्बी काउन्टीलाई २–१ ले पराजित गरेको हो । भिल्लाको जितमा अनवर एल गाजी र जोन म्याकजिनले गोल गरे । डर्बीका लागि माटिन वाग्हर्नले एक गोल फर्काए ।

एस्टन भिल्ला तीन सिजनपछि पुनः प्रिमियर लिगमा फर्किएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री