काठमाडाैँ । एनआईसी एशिया बैंकले विराटनगर महानगरपालिका र धरान उपमहानगरपालिकामा दुई नयाँ शाखा विस्तार गरेको छ ।
विराटनगर महानगरपालिका वडा नं. १५ स्थित रानी मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्र प्रसाद अर्यालले गरे भने धरान उपमहानगरपालिका वडा नं. १८ स्थित बुद्ध चोक शाखाको उद्घाटन बैंकका सञ्चालक विनोद कुमार प्याकुरेलले गरे ।
बैंकले मुलुकभर २८४ शाखा कार्यालयहरु, २८९ एटिएम, ४१ वटा एक्सटेन्सन काउण्टर एवं २८ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईंको प्रतिकृया




