बार्सिलोनालाई हराउँदै भ्यालेन्सिया च्याम्पियन

एजेन्सी । स्पेनिस कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ । उपाधि भिडन्तमा बार्सिलोनालाई हराउँदै भ्यालेन्सियाले उपाधि उचालेको हो ।

शनिबार राति भएको उपाधि भिडन्तको बार्सिलोनालाई २–१ गोल अन्तरले पराजित गर्दै कोपा डेल रेको उपाधि भ्यालेन्सियाले जितेको छ ।

पराजयसंगै सिजनको दोस्रो उपाधि जित्ने बार्सिलोनाको सपना अधुरै रह्यो । खेलमा अग्रता भ्यालेन्सियाले खेलको २१ औ मिनेटमा केभिन गेमिरोको गोलबाट लिएको थियो ।

३३ औ मिनेटमा रोड्रिगोले गोल गर्दै भ्यालेन्सियाको अग्रतालाई दोब्बर बनाएका थिए । ७३ औ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने कोशिश गरेपनि त्यो पर्याप्त रहन सकेन ।

च्याम्पियन्स लिगमा लिभरपुलसंग पराजित हुदै बाहिरिएको बार्सिलोनाले एक पिडा कोपा डेल रेमा भोग्य पर्यो ।

हारपछि समेत बार्सिलोनाका प्रशिक्षक जोसेप मारिया बार्टोमेउले प्रशिक्षक इर्नेस्टो भाल्भर्डेलेलाई अर्को सिजन नेउ क्यापको जिम्मेवारी दिने बताए ।

‘मैले सधै भनेको छु ईर्नेस्टो अर्को सिजन समेत निरन्तर रहन्छन् । उनी प्रशिक्षक रहन्छन् ।’ उनले भनेका छन् ।

‘मलाई लाग्छ, पराजयमा प्रशिक्षकको कुनै दोष छैन ।’ उनले थपेका छन् ।

खराब सिजनपछि समेत क्लब अध्यक्ष जाेसेप प्रशिक्षककाे बचाउमा उत्रिएका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस

This will auto close after