लाइफ इन्स्योरेन्स कर्पोरेशनको अध्यक्षमा एमआर कुमार नियुक्त, ३६ बर्ष लामो अनुभव

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको संचालक समितिले संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको छ ।

कर्पोरेशनको बैठकले जेठ २ गतेबाट लागू हुने गरि बिमकको संचालक समितिको अध्यक्षमा एम.आर. कुमारलाई नियुक्त गरेको हो । नियुक्ति अघि हेमन्त भार्गवले यस बिमकको संचालक समितिको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

नवनियुक्त अध्यक्ष कुमार एलआईसी अफ इण्डियाको बर्तमान अध्यक्ष हुन् । एलआईसी अफ इण्डियाको अध्यक्ष नै एलआईसी नेपालमा पनि संचालक समितिको अध्यक्ष रहने परिपाटी रहेको छ ।

एम.आर. कुमारस“ग ३६ बर्षभन्दा बढी लामो जीवन बिमा क्षेत्रको अनुभव रहेको छ । उनले एल.आई.सी. अफ इण्डियामा सन् १९८३ मा अधिकृतस्तरबाट सेवा शुरु गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री