श्रेया काठमाडौंबाट हराएपछि परिवार तनावमा

इलाम । काठमाडौं बस्दै आएकी सुर्योदय नगरपालिका १ गोर्खेकी  १४ वर्षीया  श्रेया कटुवाल सोमबारदेखि हराएकी छन्। काठमााडौंको बसुन्धारामा रहेको साउथ वेष्टन स्कुलमा अध्ययनरत बालिका घरबाट हराएको परिवारले बताएका छन्।

सोमबार बिहान ६ बजे स्कुल जान तयार भएकी श्रेयाको विद्यालय पोसाक भने कोठामै भेटिएको छ। बिहानै ल्यापटप बोकेर घरबाट हिँडेकी श्रेया रातिसम्म घर नफर्किएको परिवारले बताएका छ।

उनलाई खोज्न श्रेयाका बाबु अम्बिर कटुवाल काठमाडौं पुगेका छन्। श्रेया बसेको स्थानबाट उनले बढ्ने विद्यालय दुई मिनेटको दुरीमा छ।

दिदी अनिता कटुवाल भन्छिन् , ‘उपत्यकाका सीसी क्यामेरामा उनलाई कतै देखिएन।’ परिवारले उनको खोजीका लागि प्रहरीलाई सोमबार नै जानकारी दिएको अनिताले बताइन्।  आमा लोकमाया कटुवाल छोरी हराएपछि तनावमा छन्। उनले छोरीको खोजीका लागि पहल गरिदिन सबैलाई अनुरोध गरेकी छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री