काठमाडौंको सुन्धारामा ट्यांकरको ठक्करबाट एकको मृत्यु

काठमाडौं । सुन्धारास्थित काठमाडौं मल नजिक ट्यांकरले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको  मृत्यु भएको छ भने  एकजना घाइते भएका छन् ।

शुक्रवार बिहान बा ३६ प ११६६ नम्बरको मोटरसाइललाई ना २ ख ४२२२ नम्बरको पानी ट्याङ्करले ठक्कर दिँदा २३ वर्षीय सुनिता खत्रीको मृत्यु भएको  हो ।

ठक्करबाट घाइते भएका कागेश्वरी मनोहरा नगरपालिकाको काँडाघारी बस्ने मोटरसाइकल चालक ४६ वर्षीय रामशरण केसीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री