आफ्नै आमाले गरिन् दुई महिने शिशुको हत्या

गुल्मी । गुल्मीमा आफ्नै आमाले दुई महिने शिशुको हत्या गरेकी  छिन् । गुल्मी जिल्लाको दरवार गाउँपालिका–४ की ३६ वर्षिया जमुना बिकले दुई महिना अघि जन्म दिएकी आफ्नै छोरी बिष्णुको हत्या  गरेकी हुन् । छोरीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको खुल्न आएको  प्रहरीले जनाएको छ । हाल जमुनालाइ पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।शिशुको शव भने जिल्ला अस्पताल गुल्मीमा पोष्टमार्टम गरिएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौं विश्वकै सबैभन्दा ‘प्रदूषित शहर’को सूचीमा यथावत्

काठमाडौं । देशको संघीय राजधानी काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहर बनेको छ । शुक्रबार प्रदूषित शहरको पहिलो सूचीमा रहेको काठमाडौंको वायु प्रदूषणको दर आज पनि उच्च तहमा पुगेको हो ।

प्रतिकृया दिनुहॊस