आफ्नै आमाले गरिन् दुई महिने शिशुको हत्या

गुल्मी । गुल्मीमा आफ्नै आमाले दुई महिने शिशुको हत्या गरेकी  छिन् । गुल्मी जिल्लाको दरवार गाउँपालिका–४ की ३६ वर्षिया जमुना बिकले दुई महिना अघि जन्म दिएकी आफ्नै छोरी बिष्णुको हत्या  गरेकी हुन् । छोरीको टाउकोमा चिर्पट प्रहार गरी हत्या गरेको खुल्न आएको  प्रहरीले जनाएको छ । हाल जमुनालाइ पक्राउ गरी अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ ।शिशुको शव भने जिल्ला अस्पताल गुल्मीमा पोष्टमार्टम गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री