बर्दिबासमा राेकिराखेकाे ट्रकमा टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु

जनकपुर । महोत्तरीको बर्दिवास नगरपालिका-५, माइस्थान चाेकमा साेमबार बिहान १ बजे ट्रक र टिपर ठोक्किँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ।

ना६ख ३०२० नम्बरको राेकिराखेकाे ट्रकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा५ख ४२२२ नम्बरको टिपरले ठक्कर दिँदा २ जनाकाे घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुबै गाडीका सहचालकको मृत्यु भएको प्रहरीले अनुमान गरेकाे छ। मृत्यु हुनेको नाम र ठेगाना खुलेकाे छैन। दुबै चालकलाई सामान्य चाेटपटक लागेकाेले बर्दिवासस्थित शुभ स्वथित अस्पतालका उपचार भइरहेको बर्दिबासस्थित इलाका प्रहरी कार्यालयले जनाएकाे छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री