त्रिवि सेवा आयोगमा तोडफोड

काठमाडौँ । आइतबार दिउँसो त्रिवि सेवा आयोगको कार्यालयमा तोडफोड गरिएको  छ । खुल्ला प्रतिस्पर्धाको परीक्षामा नातेदारलाई पास गराएको भन्दै असन्तुष्ट विद्यार्थीहरू कार्यालयमा तोडफोड गर्नुका साथै त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य शर्माको कुर्सी जलाएका छन्।

त्रिवि सेवा आयोगले वैशाख १३ सार्वजनिक गरेको खुल्ला प्रतिस्पर्धाको नजितामा त्रिविकै उच्च पदाधिकारी, विद्यार्थी संघसंगठनका पहुँचवाला नेता र राजनीतिक दलका नातेदारहरूको नाम निस्किएको भन्दै विद्यार्थीहरूले असन्तुष्टि जनाउदै आएका थिए ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस