उत्तर कोरियाको समुद्री जहाज अमेरिकी नियन्त्रणमा

बीबीसी । अमेरिकाले उत्तर कोरियाको मालबाहक समुद्री जहाजलाई नियन्त्रणमा लिएको छ । अमेरिकाले यो जहाजले अन्तर्राष्ट्रिय प्रतिबन्धको उल्लंघन गरेको आरोप समेत लगाएको छ ।

अमेरिकाको न्यायिक विभागका अनुसार सो जहाज कोइला लिएर हिंडिरहेको थियो । उत्तर कोरिया कोइलाको ठूलो निर्यातक राष्ट्रको रुपमा चिनिन्छ । यही जहाजलाई सन् २०१८मा पनि इण्डोनेसियामा नियन्त्रणमा लिइएको हो । अहिलेको पछिल्लो घटनाले दुई देशबीच थप तनाव हुने अवस्था सिर्जना भएको छ ।

गएको फेब्रुअरी महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ उनबीच भियतनाममा भएको वार्ता असफल भएको थियो । यही बीचमा पाँच दिनको अन्तरमा उत्तर कोरियाले दोस्रो पटक मिसाइल परीक्षण गरेको सार्वजनिक भइसकेको छ ।

उत्तर कोरियाको जहाज ‘द वाइज अनेस्ट’ अहिले अमेरिकाको नियन्त्रणमा रहेको जनाइएको बीबीसीले आफ्नो समाचारमा जनाएको छ । सो जहाजबाट उत्तर कोरियाले कोइला बेच्ने र आफूलाई चाहिएको सामान लग्ने गरेको बताइएको छ । सन् २०१८मा सो जहाज इण्डोनेसियामा जफत गर्दा त्यसमा ३० लाख डलर मूल्य बराबरको कोइला फेला परेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कनेक्ट आइपिएसबाट स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाइने

काठमाडौं । कनेक्ट आइपिएसले स्कुलको फी भुक्तानी गर्दा छात्रवृत्ति पाउन सकिने अवसर ल्याएको छ। अफर …

प्रतिकृया दिनुहॊस