करेन्ट लागेर पाँचथरमा एक बालकको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका-६ मगर गाउँमा करेन्ट लागेर बुधबार १ बालकको मृत्यु भएको छ।

करेन्ट लागेर लालबहादुर सारुमगरका ११ वर्षीय छोरा सनम मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। अपरान्ह ४ बजे साथीहरुसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा अचानक करेन्ट लागेर घाइते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल फिदिम पठाइएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको हो।

घटनास्थलमा प्रहरी टोली खटिएर कानुनी प्रक्रियापश्चात् शव पोष्टमार्टमको लागि सोही अस्पतालमा राखिएको उक्त कार्यालयले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री