मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

सुनसरी । भोक्राहा नरसिह गाउँपालिका–३ स्थित भित्रीसडक खण्डमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएका छन्, एक जना घाइते भएका छन्।

बिहीबार बिहान को २० प ४४० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा सोही ठाउँका २६ वर्षीय धनपैत खत्वेको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते धनपैतको उपचारको क्रममा जिल्ला अस्तपाल सुनसरीमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ। मोटरसाइकलपछाडि सवार प्रकाश खत्वे गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि विराटनगर लगिएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एकसाथ ४८ उपसचिवको सरुवा, को कहाँ ? (सूचीसहित)

काठमाडौं । सरकारले एकसाथ ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र …

प्रतिकृया दिनुहॊस