फाइल फोटो

एसईईको उत्तरपुस्तिका जाँच्न कर्मचारी अभाव

काठमाडौं । एसईई परीक्षाको उत्तरपुस्तिका व्यवस्थापन गर्न कर्मचारी अभाव भएपछि राष्ट्रिय परीक्षा बोर्डले कार्यालय सहयोगी र अन्य कर्मचारीको सहयोग लिन थालेको छ। नेपाल समाचारपत्र दैनिकमा समाचार छ, परीक्षा सकिएको करिब एक महिना पुगिसक्दापनि कतिपय जिल्लामा उत्तरपुस्तिकामा कोडिङ र व्यवस्थापन गर्न समेत कर्मचारीको अभाव भएपछि परीक्षा नियन्त्रण कार्यालयको आग्रहमा स्थानीय निकायको सहयोगबाट बल्ल उत्तरपुस्तिका परीक्षण सुरु भएको छ।

एसईई परीक्षा नियन्त्रण कार्यालयले सप्तरीमा कर्मचारी अभाव भएपछि पनिकाले कार्यालय सहयोगी कुमार अधिकारी र नायब सुब्बा विदुर लामिछानेलाई काजमा पठाएर उत्तरपुस्तिका परीक्षण गर्न प्रकृया अघि बढाएको छ।

शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख मात्र भएका अधिकांश जिल्लामा कर्मचारी नभएपछि उत्तरपुस्तिका परीक्षण गर्न समस्या भएको छ। सप्तरीमा मात्रै होइन प्रदेश नम्बर २ का अधिकांश जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ–राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले बताए।

इकाइ प्रमुख एक्लैले उत्तरपुस्तिका परीक्षणका लागि व्यवस्थापन गर्न नसक्ने बोर्डको भनाइ छ। परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले ७७ वटै जिल्लामा कर्मचारी अभाव रहेको बताए। ‘सबै जिल्लामा कर्मचारीको अभाव देखिएको भएपनि तराईका सबै जिल्लामा कर्मचारीको चरम अभाव देखिएको छ। हाम्रो अनुरोधमा स्थानीय तहलाई गुहारेर उत्तरपुस्तिका परीक्षण गर्ने काम भइरहेको छ’, उनले भने।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस