काठमाडौँ । गोरखा भूकम्प र बाढीपहिरोबाट क्षतिग्रस्तपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने भएको छ ।
परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भूकम्पपछि बन्द रहेको तातोपानी नाका जेठ महिनाको दोस्रो साताबाट पुनः सञ्चालनमा आउने बताएका छन् । प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सिंहदरबारस्थित समितिको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले जेठ महिनाको दोस्रो हप्ता (जेठ १७) बाट सञ्चालनमा ल्याउने गरी नेपाल र चीनतर्फ तीब्र गतिमा काम भइरहेको जानकारी दिए ।
समितिका सभापति पवित्रा निरौला खरेलका अनुसार, बैठकमा मन्त्री ज्ञवालीले तातोपानी नाका पुनः संचालनबारे चीन सरकारले नेपाललाई जानकारी गराइसकेकोे बताए । चीनले सिमाना क्षेत्रका खासा बजारलगायतका आफ्ना बस्ती सारिसकेको जानकारी समेत मन्त्री ज्ञवालीले गराएका थिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न चीन भ्रमणबारे बैठकमा बताउँदै परराष्ट्रमन्त्री ज्ञवालीले भ्रमणको क्रममा छ वटा उत्तरी नाका, तीनवटा समुद्री नाका र चारवटा सुख्खा बन्दरगाह खोल्नेबारे चीनसँग छलफल भएको जानकारी गराएका थिए ।
प्रतिकृया दिनुहॊस