एनएमबी बैंकले विदेशबाट फर्केका युवाका लागि १० लाख कर्जा प्रवाह गर्ने

काठमाण्डाै  । एनएमबी बैंकले वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई उद्यम सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका दक्ष युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना हुने गरी उद्यम सञ्चालनका लागि एनएमबी बैंकले १० लाखसम्म ऋणमा कर्जा प्रवाह गर्ने एक कार्यक्रममा जानकारी दिएको छ ।

मंगलबार काठमाण्डौमा बैंक, राष्ट्रिय युवा परिषद र रिटर्नी माईग्रेन्ट नेपालबीच वैदेशिक रोजगारीमा गएका दक्ष युवाहरुलाई स्वदेशमै उद्योग सञ्चालनका लागि १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर गरिएको हो ।

विदेशमा विभिन्न दुःखकष्ट भोग्दै काम गर्न विवश युवाहरुलाई स्वदेशमै रोजगारीको अवसर सृजना गर्न १० लाखसम्म कर्जा प्रवाह गर्ने समझदारी गरिएको एनएमबी बैंकका अध्यक्ष पवनकुमार गोल्यानले वताए । बैंकले तत्कालका लागि परियोजना धितोमा १ अरवसम्म ऋण प्रवाह गर्नेपनि समझदारीपत्रमा उल्लेख गरिएको छ । अध्यक्ष गोल्यानले त्याे कर्जा माग र आवश्यक्ताको आधारमा थप गर्दै लैजाने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई उनीहरुले सिकेको सीपको आधारमा उद्योगमा लगानी गर्न सो कर्जा प्रवाह हुनेछ ।

समझदारी अनुसार युवाहरुलाई राष्ट्रिय युवा परिषद, एनएमबी बैंक र रिटर्नी माईग्रेन्ट नेपालले उद्यम संचालनका लागि आवश्यक तालिम पनि दिनेछ । स्वदेशमै रोजगारीको अवसर सृजना गरी युवाहरुलाई उत्पादनको काममा जोड्न सो कर्जा प्रवाह कार्यक्रम संचालन गर्ने समझदारी गरिएको पनि एनएमबी बैंकका अध्यक्ष गोल्यानले वताए ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

सिटिजन्स बैंकद्वारा नवीकरण प्रतिष्ठान नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लामो समयदेखि अनाथ बालबालिकाहरुको लागि काम गर्दै आएको रिन्यू …

प्रतिकृया दिनुहॊस