काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र भाटभटेनी मनी ट्रान्सफर प्रालिबीच रेमिटेन्स सम्झौता भएको छ । स्वदेश तथा बिभिन्न मुलुकहरुबाट आएको विप्रेषण रकम बैंकका देशभरी रहेका २८२ शाखा कार्यालयहरु तथा ४० वटा एक्सटेन्सन काउण्टर भुक्तानी पाउने गरी सम्झौता भएको हो ।
बैंक र भाटभटेनीबीचको सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने तथा भाटभटेनीमनी ट्रान्सफरको तर्फबाट प्रवन्ध निर्देशक राजनकुमार अमात्यले हस्ताक्षर गरेका छन् ।
तपाईंको प्रतिकृया




