मेरो माइक्रोफाइनान्सको सञ्चालकमा कल्याण बिक्रम पाण्डे नियुक्त

काठमाडाैा । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैंठकले संस्थागत समुह तर्फमा जनता बैंक लिमिटेडका कल्याण बिक्रम पाण्डेलाई सञ्चालक नियुक्त गरिएको छ ।

नवनियुक्त सञ्चालक पाण्डेलाई संचालक समितिका अध्यक्ष सन्जिब मानन्धरले पद तथा गोपनियताको सपथग्रहण गराएका छन् । बैंकिङ्ग क्षेत्रमा लामो अनुभब रहेका पाण्डे जनता बैंक नेपालका डेपुटी जनरल म्यानेजर समेत हुन् ।

उक्त अवसरमा संस्थाका सञ्चालकहरु राजा अर्याल, सजना मानन्धर, स्वतन्त्र सञ्चालक तर्फ सुमित बाबु खत्री, बद्री प्रसाद पुडासैनी, कमल प्रसाद नेपाल, कम्पनी सचिब तथा प्रमुख कार्यकारी अधिकृत रामहरी दाहाल, निमित्त नायब प्रमुख कार्यकारी अधिकृत नबराज दाहालको उपस्थिती रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री