कोलकाताको हारले सनराइजर्स हैदराबादलाई फाइदा

काठमाडाैँ । मुम्बई इन्डियन्ससँगको हारसँगै कोलकाता नाइट राइडर्स इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको प्ले–अफमा पर्न सकेन । कोलकाताको हारले सनराइजर्स हैदराबादलाई फाइदा भयो र उसले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

वानखडे मैदानमा आइतबार राति भएको खेलमा कोलकाता मुम्बईसँग ९ विकेटले पराजित भएको हो । १३४ रनको लक्ष्य मुम्बईले १६ ओभर एक बलमा मात्रै एक विकेटको क्षतिमा भेट्टायो ।

मुम्बईका लागि कप्तान रोहित शर्माले ४८ बलमा नटआउट ५५ तथा सूर्यकुमार यादवले २७ बलमा नटआउट ४६ रन बनाए । यस्तै उसका लागि क्वीन्टन डी ककले २३ बलमा ३० रन बनाएका हुन् ।

यसअघि पहिले ब्याटिङ गरेको कोलकाताले सात विकेटको क्षतिमा १३३ रन बनायो । उसका लागि क्रिस लिनले २९ बलमा ४१ तथा रोबिन उथप्पाले ४७ बलमा ४० रन बनाए ।

हैदराबादले १४ खेलमा ६ जितसहित १२ अंक बनाएको थियो । कोलकाताको पनि हारपछि १४ खेलमा ६ जितसहित १२ अंक नै बन्यो । तर रन रेटमा कोलकाता हैदराबाद भन्दा पछि परेको हो ।

आइपिएलको प्ले–अफमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र हैदराबादले स्थान पक्का गरेका हुन् । पहिलो क्वालिफायरमा मंगलबार चेन्नईले मुम्बईसँग प्रतिस्पर्धा गर्ने छ । बुधबार एलिमिनेटरमा दिल्लीले हैदराबादसँग खेल्नेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री