आइपिएल २०१९ : कोलकाताको सम्भावना कायम, बाहिरियो पञ्जाब

काठमाडाैँ । इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत शुक्रबार राति भएको खेलमा जित निकाल्दै कोलकाता नाइट राइडर्सले प्ले–अफमा पर्ने सम्भावना जीवितै राखेको छ ।

पराजित भएको किंग्स इलाभेन पञ्जाब भने प्रतियोगिताबाट बाहिरिने पक्का भएको छ । अवे मैदान भएको खेलमा कोलाकाताले पञ्जाबलाई सात विकेटले पराजित गरेको हो ।

घरेलु टोली पञ्जाबले प्रस्तुत गरेको १८४ रनको लक्ष्य कोलकाताले १८ ओभरमा मात्रै तीन विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि शुभमन गिलले ६५, क्रिस लिनले ४६ तथा आन्द्रे रसेलले २४ रनको योगदान दिए ।

गिलले ४९ बलमा पाँच चौका र दुई छक्काको सहयोगमा नटआउट ६५ रन बनाएका हुन् । लिनले २२ बलमा पाँच चौका र तीन छक्का प्रहार गरे ।

यसअघि पहिले ब्याटिङ्ग गरेको पञ्जाबले ६ विकेटको क्षतिमा १८३ रन बनायो । उसका लागि साम करेनले ५५, निकोलस पुरनले ४८ तथा मयंक अग्रवालले ३६ रन बनाए ।

यो खेलको जीतको नायक बने शुभमन गिल । व्यक्तिगत चौथा तथा खेलको १३ औँ ओभरमा पञ्जाबका कप्तान रविचन्द्रन आश्विन बलिङ्ग गर्न आएका थिए । उनको सामना शुभमन गिलले गरे।

गिलले यो ओभरमा दुई छक्का र एक चौका प्रहार गरे । यो ओभरमा कुल १८ रन बन्यो । यहि ओभरमा गिलले मात्रै ३७ बलमा चार चौका र दुई छक्काको सहयोगमा अर्धशतक पूरा गरे ।

जितपछि कोलकाताको प्ले–अफमा पर्ने सम्भावना कायम रहेको छ भने पञ्जाब बाहिरिने पक्का भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds