विद्युत सट हुँदा एकको मृत्यु, सात जना घाइते

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–६ स्वाचीमा विद्युत सट भएर एक जनाको मृत्यु भएको छ।  मृत्यु हुने २२ वर्षिय भुपाल विक रहेको संखुवासभा प्रहरीले जनाएको छ। विद्युत सट भएर तारा वि.क भगवती वि.क र मञ्जु वि.कसहित ७ जना घाइते भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए।

विद्युत सट हुदाँ  करेन्ट गाँउभरी फैलिएको थियो। घाइतेहरुको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ।  विद्युत सट कसरी गाउँभरी फैलियो भन्ने थप जानकारी १० बजे सम्म आइसक्ने विद्युत वितरण शाखा कार्यालय खाँदबारीका प्रमुख धुब्र अधिकारीले जानकारी दिए।

तपाईंको प्रतिकृया

लेखकबाट थप