साढे ९ महिनामा ४० मेगावाट विद्युत उत्पादन

काठमाडौं । चालु आर्थिक वर्षको साढे ९ महिनामा ४० मेगावाट नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । साउनदेखि बैशाख दोस्रो साताको अवधिमा ५ आयोजनाको विद्युत प्रणालीमा जोडिएको हो ।

यो अवधिमा ३ जलविद्युत र २ सौर्य विद्युत आयोजनाको विद्युत थपिएको प्राधिकरण प्रवक्ता प्रबल अधिकारीले बताए । उनका अनुसार २२ मेगावाटको बागमती, ७.८ मेगावाटको सुपर माई, र ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत आयोजनाले उत्पादन सुरु गरेका छन् । १ मेगावाट सौर्य विद्युत आयोजनाबाट उत्पादन भएकाे छ । असार मसान्तसम्ममा निर्माण अन्तिम चरणमा पुगेका निजी क्षेत्रका ९ आयोजनाको १ सय १८ मेगावाटसहित ६० मेगावाटको त्रिशूली ३ ‘ए’ र १४ मेगावाटको कुलेखानी तेस्रोबाट गरी १ सय ९२ मेगावाट विद्युत थपिने प्राधिकरणको दाबी छ ।
यो वर्ष ३ सय ६८ मेगावाट विद्युत प्रणालीमा थप्ने प्रक्षेपण गरिए पनि प्रसारण लाइन अभावमा पछि धकेलिएका छन् । अब  आयोजनाले आर्थिक वर्ष २०७६/७७ देखि विद्युत उत्पादन सुरु गर्नेछन् । आउने आवमा ४३ आयोजनाबाट १ हजार १ सय ५० मेगावाट विद्युत उत्पादन सुरु हुने प्रक्षेपण प्राधिकरणले गरेकाे छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पञ्चेश्वरको डीपीआर अघि बढाउन भारतसँग ऊर्जामन्त्री खड्काको अनुरोध

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सी आर पाटिलबीच भेटवार्ता …

प्रतिकृया दिनुहॊस