९ महिनामा सनराइज बैंकको नाफा १ अर्ब २२ करोड

काठमाडाैा । सनराइज बैंकले एक वर्षको अन्तरालमा २८ करोडले नाफा बढाएको छ। यस आर्थिक वर्षको ९ महिनामा बैंकले १ अर्ब २२ करोड खुद नाफा कमाएको छ। गत वर्ष ९४ करोड २१ लाख थियो।

गत आवको नाफाबाट नगद लाभाांश मात्रै बाँडेपछि कम्पनीको चुक्ता पुँजी स्थिर ८ अर्ब १५ करोड रहेको छ। निक्षेप ५ अर्बले बढ्दा कर्जा भने ९ अर्बले विस्तार गरेको छ।

चैत मसान्तसम्म कुल ७२ अर्ब १९ करोड निक्षेप संकलन गरी ६८ अर्ब ८१ करोड कर्जा प्रवाह गरेको छ। वितरणयोग्य नाफा ९१ करोड रहेको छ। जगेडा कोषको आकार २ अर्ब ४३ करोडको छ। प्रतिसेयर आम्दानी ५ रुपैयाँले बढेर २० रुपैयाँ पुगेको छ। सिसिडी रेसियो ७९ प्रतिशत छ।

सोमबार बजार बन्द हुँदा बैंकको सेयर मूल्य प्रतिकित्ता २५८ रुपैयाँ छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गरिमा बैंकद्धारा १८औं वार्षिकोत्सवको अवसरमा ‘Garima Road Race Competition -2081’ आयोजना गरिने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा मिति २०८१ मंसिर ८ गते शनिवार …

प्रतिकृया दिनुहॊस