गाउँपालिकाकी उपाध्यक्षले रुँदै भनिन्–अध्यक्षले मलाई अभद्र व्यवहार गरे

काठमाडाैँ । रौतहटको यमुनामाई गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले आफूलाई अभद्र व्यवहार गरेको आरोप उपाध्यक्ष गीतादेवी साहले लगाएकी छन्। अध्यक्ष मुखियाले बलजफ्ती योजनामा हस्ताक्षर गराउन खोजेको र आफूले नमानेपछि अभद्र व्यवहार गर्दै कुट्नसमेत खोजेको उनले बताएकी छन्। यो खबर आजको नागरिक दैनिकमा रौतहटबाट मुक्तिप्रसाद न्यौपानेले लेखेका छन्।

आफ्नै घरमा उपाध्यक्ष साहले पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएकी हुन्। अध्यक्ष मुखिया, वडाध्यक्षद्वय नन्दलाल यादव र रहमत राँकीले अपशव्द प्रयोग गर्दै कुट्न झम्टिएको भन्दै उनी पत्रकारमाझ भक्कानिएकी थिइन्।

प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा आफूलाई बाइपास गरेर अध्यक्ष मुखियाले विगत र चालू आवको रकम व्यापक दुरुपयोग गरेको आरोप लगाएकी छन्। अध्यक्ष मुखिया र उपाध्यक्ष दुबै नेकपाबाट निर्वाचित भएका हुन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

भाडा बढी नअसुल्न निर्देशन दिइसके : मन्त्री पाण्डे

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल …

प्रतिकृया दिनुहॊस

This will auto close after