काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड संचालक समितिको बैठकबाट संचालक नन्द किशोर शर्मालाई अध्यक्षको रुपमा चयन भएका छन् ।
आफ्नो कार्य व्यस्तताको कारण पशुपति मुरारकाले दिएको राजिनामा बैठकले स्वीकृत गरेको थियो । नव नियुक्त अध्यक्षले बिमा समितिबाट शपथ लिए पश्चात अध्यक्षको कार्यभार सम्हाल्नेछन् ।
शर्माले आई सी एफ सी फाईनान्सको संचालक तथा विभिन्न जीवन बिमा तथा वित्तिय संस्थाहरुमा संचालक तथा प्रबन्ध निर्देशकको रुपमा लामो कार्य अनुभव हासिल गरेका छन् ।
तपाईंको प्रतिकृया



