पुछारको क्लबसंग रियल मड्रिडको हार

एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडको खराब नतिजा आउने क्रम जारी छ । आईतबार राति भएको खेलमा रियल मड्रिड पुछारमा रहेको टोली रायो भालेकानोसंग १–० गोल अन्तरले पराजित भएको छ ।

रियललाई हराउन घरेलु मैदानमा एडरियन इम्बारबाले खेलको २३ औ मिनेटमा पेनाल्टीमा गोल गरे ।

पछिल्लो हारले दोस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने रियल मड्रिडको गणितिय सम्भावना सकिएको छ ।

सन् २००४ पछाडी पुछारमा रहेको टोलीसंग रियल पहिलो पटक पराजित भएको हो ।

मुख्य प्रशिक्षक जिनेदिन जिदानले टोलीमा ८ खेलाडी परिवर्तन गर्दा त्यसको प्रभाव रियलको खेलमा देखियो ।

पछिल्लो हारसंग तेस्रो स्थानमा रहेको रियलको ३५ खेलबाट ६५ अंक भएको छ । रियल दोस्रो स्थानको एट्लेटिको मड्रिड भन्दा ९ अंकले पछाडी छ । लिगमा अब तीन चरणका खेल बाँकी छ ।

पछिल्लो जितले रेलिगेशन जोनमा रहेको भालेकानोले शीर्ष डिभिजनको लिगमा कायमै रहने सम्भावनालाई जिवितै राखेको छ । तालिकाको पुछारदेखि दोस्रोमा रहेको भालेकानोको ३१ अंक भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री