कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडाैँ । कक्षा १२ को वार्षिक परीक्षा आइतबारदेखि सुरु भएकोछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार २६ वैशाखसम्म सञ्चालन हुने परीक्षामा साधारण र प्राविधिक विषयतर्फ नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थी गरी कुल चार लाख २८ हजार ५२ जना सहभागी छन् । पहिलो दिन अनिवार्य अंग्रेजी र संस्कृत विषयको परीक्षा हुँदै छ ।

बिहान ७ देखि १० बजेसम्म हुने परीक्षाको सम्पूर्ण तयारी सकिएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले बताए । उनले २९ वैशाखदेखि ८ जेठसम्म कक्षा ११ को वार्षिक परीक्षा हुने जानकारी दिए । बोर्डले परीक्षालाई स्वच्छ, मर्यादित र अनुशासित तथा विद्यार्थीमैत्री बनाउन सबैसँग आग्रह गरेको छ । कार्यालयले सातवटा प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र पाँचवटा शाखा कार्यालयमार्फत परीक्षाको व्यवस्थापन गरेको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसइई)को प्रश्नपत्र बाहिरिएका कारण झस्किएको बोर्डले प्रश्नपत्रको सुरक्षा व्यवस्थापनका लागि विशेष सुरक्षा निर्देशन दिएको परीक्षा नियन्त्रक शर्माले बताए । उनका अनुसार ७७ वटै जिल्लाका केन्द्राध्यक्षलाई अभिमुखीकरण गरी परीक्षा केन्द्रनजिकका सुरक्षा निकायसम्म प्रश्नपत्रसमेत पुर्‍याइसकिएको छ । सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेका जिल्ला परीक्षा समन्वय समितिले केन्द्र निर्धारण, केन्द्राध्यक्ष नियुक्तलगायतको व्यवस्थापन गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या २ सय ३२ पुग्यो

काठमाडौं । बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या २ सय ३२ जना पुगेको छ। भीषण …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds