बार्सिलोना लिग च्याम्पियन

एजेन्सी । बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको उपाधि उचालेको छ । शनिबार राति भएको खेलमा लेभान्तेलाई १–० गोल अन्तरले पराजित गर्दै बार्सिलोनाले २६ औ लिग उपाधि उचालेको हो ।

घरेलु मैदान क्याम्प नाउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले विजयी गोल गरे । बैकल्पिक खेलाडीको रुपमा दोस्रो हाफमा मैदान छिरेका उनले ६२ औ मिनेटमा गोल गरेका थिए । सोही गोल बार्सिलोनालाई तीन खेल अगावै लिग जिताउन पर्याप्त बन्यो ।

Lionel Messi came off the bench to score the winning goal and seal the title for Barcelona

बार्सिलोनाले ३५ खेलबाट ८३ अंक जोड्यो । उसले तीन खेल अगाडीनै दोस्रो स्थानको एट्लेटिको मड्रिडसंग ९ अंकको अग्रता लियो ।

एट्लेटिकोले समेत गए राति भएको खेलमा रियल भालाडोलिडलाई १–० गोल अन्तरले पराजित गरेको थियो ।

बार्सिलोनाले आगामी बुधबार च्याम्पियन्स लिग फुटबलको सेमिफाईनलको पहिलो लेगमा लिभरपुलसंग प्रतिस्पर्धा गर्दैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds