काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले राष्ट्र बैंकको कदमपछि पुँजी बजारमा सुधार आएको बताएका छन् । केन्द्रीय बैंकले नीतिगत सुधार गरेको छ । जसको प्रत्यक्ष प्रभाव पुँजी बजारमा देखिन थालेको छ । अब पुँजी बजार क्रमशः सुधार र स्थायित्वतर्फ अघि बढ्ने डेपुटी गभर्नरले बताए । शनिबार राष्ट्र बैंकको ६४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै डेपुटी गभर्नर शिवाकोटीले यो वर्ष ब्याजदर सीमा भित्र राख्ने र पुँजी बजार सुधार गर्ने काम चुनौतीका रुपमा देखिएका थिए ।
यद्दपि, यी दुवैमा सुधारका लागि केन्द्रीय बैंकले प्रवाभकारी भूमिका खेलेको उनले बताए । ‘केन्द्रीय बैंक र सरकारको पहलपछि सेयर बजारमा स्थायित्व र सुधार देखिन थालेको छ,’ उनले भने । बैंक तथा वित्तीय संस्थामा देखिएको अस्वस्थ ब्याजदर प्रतिस्प्रर्धालाई नियन्त्रण गर्न राष्ट्र बैंकले उल्लेख्य भूमिका खेलेको पनि उनले दाबी गरे ।
केन्द्रीय बैंकले पुँजी बजार सुधारका लागि सेयर धितो कर्जाको सीमा ५०% बाट बढाएर ६५% पुर्याएको छ । यसैगरी, बैंकहरुले प्राथमिक पुँजीको ४०% सम्म सेयर कर्जामा लगानी गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले मार्जिन कलमा पनि सहुलियत दिएको छ । सुधारका यी कामले सेयर बजार स्थायित्वतर्फ अघि बढेको उनले दाबी गरेका हुन् ।
प्रतिकृया दिनुहॊस