मुक्तिनाथ विकास बैंकको शाखा हाकिमचोकमा

चितवन । मुक्तिनाथ विकास बैंकले शनिवार भरतपुर महानगरपालिकाको वडा नम्बर १० को हाकिमचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । ग्राहकहरूको चाहना र सेवा सुविधालाई ध्यानमा राखी उक्त शाखा सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ ।

कार्यक्रममा भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाहले पैसा कमाउनुभन्दा बचत गर्नु ठूलो कुरा भएको भन्दै बैंकले ग्राहकको सेवा सुविधालाई ध्यानमा राखी उत्तरदायित्व वहन गर्ने बताइन् । बैंकका शाखा प्रमुख गंगाधर तिमिल्सिनाले बैंकको सेवा र सुविधाका बारेमा जानकारी दिँदै बैंकले साना र ठूला व्यवसायीलाई लक्षित गरी कर्जा प्रवाह गर्दै आएको बताए ।

उनले भने, ‘हामीले १ हजारदेखि १ करोड रुपैयाँसम्म व्यवसायीलाई कर्जा प्रवाह गरेका छौं र यो बैंक जनताको घरघरमा जानुपर्छ ।’ उक्त कार्यक्रम बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद राउतको सभापतित्वमा सम्पन्न भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds