रोमाञ्चक मोडमा उपाधि होड, लिभरपुल पुनः शीर्षस्थानमा

काठमाडाैँ । इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड यो सिजन अति नै रोमाञ्चक मोडहरुसहित अघि बढेको छ । उपाधिका लागि साबिक विजेता म्यानचेस्टर सिटी र लिभरपुलको दाबी बलियो छ ।

दुवै टिम एकअर्कालाई पछि पारेर उपाधि हाफ्नो पक्षमा पार्ने ध्यानमा छ । लगातार दुई टिम एकपछि अर्को गर्दै कहिले तल कहिले माथि गरिरहेका छ ।

यहि क्रममा लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा शानदार जित निकाल्दै लिभरपुल पुनः शीर्षस्थानमा पुगेको छ । घरेलु मैदानमा भएको खेलमा लिभरपुलले रेलिगेशनमा पर्ने पक्का भएको पुछारको टिम हडर्ल्सफिल्ड टाउनलाई ५–० ले हराएको हो ।

लिभरपुलका जितमा साडिओ माने र मोहम्मद सालहले दुई–दुई गोल गरे । यस्तै नेबी केइटाले एक गोल गरे ।

पहिलो मिनेटमा नै केइटाको गोलबाट लिभरपुलले सुरुवाति अग्रता लियो । २३ औँ मिनेटमा मानेले गोल गर्दै अग्रता दोब्बर पारे । ४५ औँ मिनेटमा सालहले गोल गरेपछि पहिलो हाफमा लिभरपुलले ३–० को अग्रता लियो ।

दोस्रो हाफमा थप दुई गोल भयो । मानेले ६६ औँ तथा सालहले ८३ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले ५–० को जित निश्चित गर्दै शीर्षस्थानको यात्रा तय गरेको हो ।

जितपछि लिभरपुलको ३६ खेलबाट ९१ अंक भएको छ । दोस्रो स्थानमा झरेको म्यानचेस्टर सिटीको ३५ खेलबाट ८९ अंक छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दीपेन्द्रसिंह ऐरी टी–२० अलराउण्डरको विश्व वरीयताको दोस्रो स्थानमा

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य दीपेन्द्रसिंह ऐरी टी–२० अन्तर्राष्ट्रिय क्रिकेट वरीयताको अलराउण्डरतर्फ दोस्रो …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds