मञ्जुश्री फाइनान्सको कमायो मुनाफा ४ करोड ३ लाख

काठमाडाैँ । ८० करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको मञ्जुश्री फाइनान्सले तेस्रो त्रैमासमा खुद मुनाफा ४ करोड ३ लाख रुपैयाँ कमाएको छ । जुन गत वर्षको सोहि अवधिको तुलनाभन्दा २६ दशमलव २० प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोहि अवधिमा ५ करोड ४६ लाख रुपैयाँ नाफा कमाएको थियो ।

निक्षेप तथा कर्जा
चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्सले निक्षेपमा ६ अर्ब ५४ करोड ७६ लाख रुपैयाँ संकलन गरी कर्जामा ५ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ लगानी गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कर्जामा १७ दशमलव ४४ प्रतिशतले वृद्धि गरेको हो ।

खुद ब्याज आम्दानी
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा फाइनान्सको खुद ब्याज आम्दानी ६२ दशमलव ९३ प्रतिशतले बढेर १८ करोड ९४ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ६ दशमलव ७७ प्रतिशतले बढेर ६ करोड ३४ लाख रुपैयाँ पुगेको छ ।

सुचकहरु
निष्क्रृय कर्जा २ दशमलव ९६ प्रतिशत, कष्ट अफ फण्ड ९.८६ प्रतिशत, प्रतिशेयर आम्दानी ६ रुपैयाँ ६९ पैसा, मुल्य आम्दानी अनुपात १६ दशमलव ५९ प्रतिशत रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेशनल लाइफद्वारा गण्डकी प्रदेशका अभिकर्ता सम्मानित

कास्की । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लि‍.ले पोखरामा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम आयोजना गरेको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds