राष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार चीन प्रस्थान गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारी ९ दिने राजकीय भ्रमणका लागि बुधबार चीन प्रस्थान गरेकी छिन‍्।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन भण्डारी त्यसतर्फ गएकी हुन्।चीन भ्रमणका क्रममा दुवै देशका राष्ट्रपतिबीच उच्चस्तरीय वार्ता हुने र केही सम्झौतामा हस्ताक्षर हुने बताइएको छ ।

राष्ट्रपति भण्डारी वैशाख १९ गते काठमाडौं फर्किने छिन् । राष्ट्रपति भण्डारीलाई उपराष्ट्रपति नन्दबहादुर पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप