आठ महिनामा ८ खर्ब ८७ अर्ब व्यापार घाटा

काठमाडाैँ । वैदेशिक व्यापारमा नेपालको खस्किँदो अवस्थाले एकपछि अर्को रेकर्ड राखिएको छ। चालु आर्थिक वर्षको ८ महिनामा मुलुकमा ९ खर्ब ४९ अर्ब रुपैयाँ बराबरको वस्तु आयात हुँदा निर्यात भने ६१ अर्ब २२ करोडमा सीमित छ। यो खबर आजको कारोबार दैनिकमा लक्ष्मी सापकोटाले लेखेकी छन्।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार आठ महिनामा आयात २२.९ प्रतिशतले बढेको छ भने निर्यातको बृद्धि १५.३ प्रतिशत मात्रै छ।

निर्यात परिमाणात्मकभन्दा पनि डलरको मूल्यमा आएको वृद्धिका कारण वढेको हो। आयात वढ्दै गए पनि सो अनुपातमा निर्यात बढ्न नसक्दा व्यापार घाटा बढ्दै गएको हो।

केन्द्रका अनुसार चालु आवको पछिल्लो आठ महिनामा कुल व्यापार घाटा ८ खर्ब ८७ अर्ब ८९ करोड पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री